काठमाडौं, २ चैत :
राष्ट्रियसभा बैठक आज बस्दैछ । दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा राष्ट्रियसभा अध्यक्ष गणेश प्रसाद तिमिल्सेनाले विभिन्न विषयगत समितिमा सदस्यहरु मनोनयनको प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ ।
त्यस्तै आजको बैठकमा राष्ट्रियसभा सदस्यहरु सुमनराज प्याकुरेल प्रस्तावक र खिमलाल भट्टराई, अनिता देवकोटा, रामनारायण विडारी, शेखर कुमार सिंह र प्रमिला कुमारी समर्थक रहेको तराई मधेशको बाढी तथा डुबान सम्बन्धी समस्याहरुको दीर्घकालीन समाधन सम्बन्धी ध्यानाकर्षण प्रस्तावमा छलफल गर्ने सम्भावित कार्यसूची छ ।
बैठकमा विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले पारमाणविक विधेयक २०७५ सम्बन्धी समितिको प्रतिवेदन पेश गर्ने सम्भावित कार्यसूची रहेको सचिव राजेन्द्र फुयाँलले बताए । बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक र नेपाल हवाई सेवा प्राधिकरण विधेयक पेश गर्ने भएका छन् ।
त्यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तुकमार नेम्बाङले काठमार्डौं उपत्यका सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक पारित गरियोस भन्ने प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची छ ।