इन्धनको मूल्य घट्यो

काठमाडौं, ४ चैत :
नेपाल आयल निगमले सोमबार मध्यरातिदेखि लागू हुने गरी इन्धनको मूल्य घटाएको छ । निगमले पेट्रोल, डिजेल र मटीतेलतर्फ प्रतिलिटर दुई रुपैयाँ र आन्तरिकतर्फ हवाई इन्धनमा प्रतिलिटर चार रुपैयाँ ५० पैसा मूल्य घटाएको हो ।

निगमका प्रवक्ता वीरेन्द्र गोइतले सोमबार रातिदेखि लागू हुने गरी पेट्रोलको मूल्य एक सय ६ रुपैयाँ, डिजेल र मटीतेलको मूल्य ९५ रुपैयाँ कायम जानकारी दिए । यसअघि पेट्रोलको मूल्य प्रतिलिटर एक सय आठ र डिजेल तथा मटीतेलको ९७ रुपैयाँ थियो ।

यस्तै आन्तरिकतर्फको हवाई इन्धनतर्फ चार रुपैयाँ ५० पैसा मूल्य घटाएर हवाई इन्धनको मूल्य ९० रुपैयाँ कायम भएको छ । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा आएको गिरावटका आधारमा इण्डियन आयल कर्पोरेसनले पठाएको मूल्यसूचीअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

 

संबन्धित शिर्षकहरु

नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’

कांग्रेस महामन्त्रीमा प्रदीप पौडेल, उदयशम्शेर राणा र डिला संग्रौला विजयी

रूस र युक्रेन ऊर्जा युद्धविराम गर्न सहमत भएको ट्रम्पको दाबी