इन्धनको मूल्य घट्यो

काठमाडौं, ४ चैत :
नेपाल आयल निगमले सोमबार मध्यरातिदेखि लागू हुने गरी इन्धनको मूल्य घटाएको छ । निगमले पेट्रोल, डिजेल र मटीतेलतर्फ प्रतिलिटर दुई रुपैयाँ र आन्तरिकतर्फ हवाई इन्धनमा प्रतिलिटर चार रुपैयाँ ५० पैसा मूल्य घटाएको हो ।

निगमका प्रवक्ता वीरेन्द्र गोइतले सोमबार रातिदेखि लागू हुने गरी पेट्रोलको मूल्य एक सय ६ रुपैयाँ, डिजेल र मटीतेलको मूल्य ९५ रुपैयाँ कायम जानकारी दिए । यसअघि पेट्रोलको मूल्य प्रतिलिटर एक सय आठ र डिजेल तथा मटीतेलको ९७ रुपैयाँ थियो ।

यस्तै आन्तरिकतर्फको हवाई इन्धनतर्फ चार रुपैयाँ ५० पैसा मूल्य घटाएर हवाई इन्धनको मूल्य ९० रुपैयाँ कायम भएको छ । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा आएको गिरावटका आधारमा इण्डियन आयल कर्पोरेसनले पठाएको मूल्यसूचीअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

 

संबन्धित शिर्षकहरु

जर्मनी विश्वकप फुटबलको नकआउट चरणमा : नेदरल्यान्ड्सले स्वीडेनलाई हरायो

हिमालय दण्डपाणि न्यौपाने माध्यमिक विद्यालयको कक्षा १२ को परिक्षामा ९३.९३ % विद्यार्थी उतिर्ण

विद्यालयलाई सरकारको निर्देशन – ‘विद्यार्थीको व्यक्तिगत विवरण गोप्य राख्नू’