देवघाटका वृद्ध बा–आमालाई दर खुवाएर प्रेस चौतारी चितवनले मनायो तीज

चितवन, भदौ १२

प्रेस चौतारी नेपाल जिल्ला शाखा चितवनले देवघाटमा रहेका वृद्ध बा–आमालाई दर खुवाएर तीज मनाएको छ ।

दर खाने अघिल्लो दिन आज बिहान देवघाट तनहुँको सरकारी वृद्वाश्रम रहेका ३२ जना बा–आमालाई दुर खुवाइएको हो ।

दर खुवाउने कार्यक्रममा प्रेस चौतारी चितवनका अध्यक्ष सुवास पण्डितले घर परिवारबाट अनेक कारणले अलग भएर आश्रममा आएका वृद्ध बाआमालाई नरमाइलो नलगोस भनेर दर खुवाइएको बताए । वर्षेनी तीजका दिन प्रेस चौतारी चितवनले वृद्धाश्रममा गएर दर खुवाउने गर्दछ ।

कार्यक्रममा देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्रि अधिकारीले रचनात्मक र सिर्जनात्मक कार्यक्रम गरेर प्रेस चौतारी चितवनले सामाजिक उत्तरदायित्व निभाएको भन्दै प्रसंशा गरे ।

दर खुवाउने कार्यक्रमको संयोजन प्रेस चौतारी जिल्ला शाखा चितवनकी उपाध्यक्ष शान्ता अधिकारीले गरेकी थिइन् । कार्यक्रमा पत्रकार महासंघ चितवन शाखाका सचिव दिपेन्द्र अधिकारी, प्रेस चौतारी चितवनकी जिल्ला इन्चार्ज प्रतिमा सिलवाल लगायतको समेत उपस्थिति रहेको थियो ।

संबन्धित शिर्षकहरु

जहाज थपेर मात्र वायु सेवा निगम सुध्रिँदैन : पर्यटनमन्त्री पौडेल

सरकारको यात्रा ‘फासीवादी’ मार्गमा अग्रसर छ : रामबहादुर थापा

पाकिस्तान र अफगानिस्तान सीमामा तनाव