पश्चिम नवलपरासीमा राप्रपाको एकता

परासी, ४ चैत :

राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) पश्चिम नवलपरासीको एकता टुङ्गिएको छ । राप्रपा र राप्रपा(संयुक्त)बीच केन्द्रीयस्तरमा एकीकरण भएलगत्तै जिल्लाको एकता पनि सर्वसम्मत टुङ्ग्याइएको सो पार्टीले जनाएको छ । केन्द्रमा दुई राप्रपाबीच गत फागुन २८ गते एकीकरण घोषणा भएको थियो ।

एकीकरणपछि राप्रपाको जिल्ला अध्यक्षमा ओमबहादुर सिंह चयन हुनुभएको छ । पार्टीका केन्द्रीय सचिवालय प्रमुख धु्रवबहादुर प्रधानको उपस्थितिमा सोमबार परासीमा भएको जिल्ला समायोजन भेलाले साविक राप्रपा(संयुक्त)का जिल्ला अध्यक्ष सिंहलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो ।

साविक राप्रपाका जिल्ला अध्यक्ष बाबुराम शर्मा पौडेल एकीकरणपछि पार्टीको जिल्ला उपाध्यक्ष चयन हुनुभएको छ । तत्कालीन राप्रपा(संयुक्त)को २९ सदस्यीय र राप्रपाको १६ सदस्यीय जिल्ला समितिलाई समायोजन गरी ४५ सदस्यीय जिल्ला समिति बनाइएको राप्रपाका जिल्ला प्रवक्ता सन्तोष पाण्डेले राससलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार नवगठित पार्टीको अन्य उपाध्यक्षमा किरण ज्ञवाली, सम्झना चौधरी, सञ्जय श्रीवास्तव, सचिवमा माधवलाल श्रेष्ठ, कोषाध्यक्षमा जनार्दन यादव तथा जिल्ला प्रवक्तामा सन्तोषकुमार पाण्डे चयन हुनुभएको छ । जिल्लाको एकता सकिएकाले अब स्थानीय तहसम्मको एकतालाई पूर्णता दिँदै जाने प्रवक्ता पाण्डेले बताउनुभयो । (रासस)

संबन्धित शिर्षकहरु

सुनको भाउ तोलामा एक लाख ७० हजार रुपैयाँ नाघ्याे

हमासले बन्धक रिहा नगरे युद्धविराम रद्ध गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी

आपत्कालीन कोषमा योगदान गरेकोमा डब्ल्यूएचओबाट नेपाललाई धन्यवाद ज्ञापन