‘किसिङ सिन गर्न मज्जा आउँदैन’ : दिशा पटानी

दिशा पटानी बलिउडकी लोकप्रिय नायिका हुन् । उनले छोटो समयमा नै निकै सफलता पाएकी छिन् । यतिबेला उनी चलचित्र मंगल को प्रचारप्रसारमा व्यस्त छिन् । जुन चलचित्र फेब्रअरी ७ मा रिलिज हुदैँछ । मंगल मा दिशासँगै अनिल कपुर र आदित्य रोय कपुरको मुख्य भूमिका रहेको छ । यस्तै चलचित्र मंगल को ट्रेलरमा दिशा र आदित्यको बोल्ड किसिङ सिन देख्न सकिन्छ ।

अहिले सामाजिक सञ्जालमा आदित्य र दिशाको उक्त किसिङ सिनलाई लिएर निकै चर्चा भैरहेको छ । दिशा भने किसिङ सिन दिन विल्कुलै सजिलो नभएको बताउँछिन् । उनले किसिङ सिन दिन निकै गाह्रो भएको पनि बताइन् ।

दिशाले भनिन्, ‘जब तपाईं यस्तो सिन गर्दै हुनुहुन्छ, तब तीन ठूला-ठूला क्यामेरा तपाईंको आसपास हुन्छ । ५० भन्दा धेरै क्रू मेम्बर हुन्छन् । जो तपाईंलाई घुरेर हेरिरहेका हुन्छन् । १० जना मोनिटरमा हेर्दै गरेका हुनछन् । यस्तो अवस्थामा निकै प्रेसर हुन्छ । कुनै मज्जा आउँदैछ ।’ उनी किस सिनलाई लिएर भैसकेको ट्रोलिङप्रति आफूले चासो दिन छाडेको बताउँछिन् ।

संबन्धित शिर्षकहरु

नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’

कांग्रेस महामन्त्रीमा प्रदीप पौडेल, उदयशम्शेर राणा र डिला संग्रौला विजयी

रूस र युक्रेन ऊर्जा युद्धविराम गर्न सहमत भएको ट्रम्पको दाबी