‘किसिङ सिन गर्न मज्जा आउँदैन’ : दिशा पटानी

दिशा पटानी बलिउडकी लोकप्रिय नायिका हुन् । उनले छोटो समयमा नै निकै सफलता पाएकी छिन् । यतिबेला उनी चलचित्र मंगल को प्रचारप्रसारमा व्यस्त छिन् । जुन चलचित्र फेब्रअरी ७ मा रिलिज हुदैँछ । मंगल मा दिशासँगै अनिल कपुर र आदित्य रोय कपुरको मुख्य भूमिका रहेको छ । यस्तै चलचित्र मंगल को ट्रेलरमा दिशा र आदित्यको बोल्ड किसिङ सिन देख्न सकिन्छ ।

अहिले सामाजिक सञ्जालमा आदित्य र दिशाको उक्त किसिङ सिनलाई लिएर निकै चर्चा भैरहेको छ । दिशा भने किसिङ सिन दिन विल्कुलै सजिलो नभएको बताउँछिन् । उनले किसिङ सिन दिन निकै गाह्रो भएको पनि बताइन् ।

दिशाले भनिन्, ‘जब तपाईं यस्तो सिन गर्दै हुनुहुन्छ, तब तीन ठूला-ठूला क्यामेरा तपाईंको आसपास हुन्छ । ५० भन्दा धेरै क्रू मेम्बर हुन्छन् । जो तपाईंलाई घुरेर हेरिरहेका हुन्छन् । १० जना मोनिटरमा हेर्दै गरेका हुनछन् । यस्तो अवस्थामा निकै प्रेसर हुन्छ । कुनै मज्जा आउँदैछ ।’ उनी किस सिनलाई लिएर भैसकेको ट्रोलिङप्रति आफूले चासो दिन छाडेको बताउँछिन् ।

संबन्धित शिर्षकहरु

हाइटीमा आपराधिक गिरोहकाे आक्रमणमा परी मृत्यु हुनेकाे संख्या ४७ पुग्यो

प्रधानमन्त्री शाहले आज पहिलोपल्ट नियमपूर्वक सांसदहरुलाई जवाफ दिदै

मधेशमा आज मुस्लिम धर्मालम्बीका लागि बिदा दिने सरकारकाे निर्णय