सुन तोलामा दुई हजारले घट्यो

काठमाडौं, ४ चैत
सुनको भाउ आज तोलामा दुई हजार रुपैयाँ घटेको छ । हिजो तोलाको ७७ हजार ५ सय रुपैयाँ रहेको छापावाल सुन आज ७५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको माग घटेपछि भाउ घटेको व्यवसायीको भनाइ छ । कोरोना भाइरसको महामारीका कारण बढेको आर्थिक मन्दीका कारण लगानीकर्ताले डलरमा लगानी बढाउँदा सुनको भाउ घटेको महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले बताए ।

आज चँदी तोलामा एकैपटक ८० रुपैयाँ घटेको छ । हिजो ७ सय ९० रुपैयाँ तोला रहेको चाँदी आज ७ सय १० रुपैयाँ तोलामा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

संबन्धित शिर्षकहरु

नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’

कांग्रेस महामन्त्रीमा प्रदीप पौडेल, उदयशम्शेर राणा र डिला संग्रौला विजयी

रूस र युक्रेन ऊर्जा युद्धविराम गर्न सहमत भएको ट्रम्पको दाबी