सुन तोलामा दुई हजारले घट्यो

काठमाडौं, ४ चैत
सुनको भाउ आज तोलामा दुई हजार रुपैयाँ घटेको छ । हिजो तोलाको ७७ हजार ५ सय रुपैयाँ रहेको छापावाल सुन आज ७५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको माग घटेपछि भाउ घटेको व्यवसायीको भनाइ छ । कोरोना भाइरसको महामारीका कारण बढेको आर्थिक मन्दीका कारण लगानीकर्ताले डलरमा लगानी बढाउँदा सुनको भाउ घटेको महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले बताए ।

आज चँदी तोलामा एकैपटक ८० रुपैयाँ घटेको छ । हिजो ७ सय ९० रुपैयाँ तोला रहेको चाँदी आज ७ सय १० रुपैयाँ तोलामा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

संबन्धित शिर्षकहरु

कोशी, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा वर्षा

मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै

एन्फा अध्यक्ष नेम्वाङसहित पदाधिकारीलाई विदेश भ्रमणमा रोक