चितवन, १७ भाद्र ।
लायन्स क्लब अफ भरतपुर इन्द्रेणीको आयोजनामा क्लब स्थापना दिवसको अवसर पारि शुक्रबार देवघाटधाम स्थित वालिका आश्रममा भोजन खुवाउने कार्यक्रम सम्पन्न भएको छ ।
क्लबका संस्थापक अध्यक्ष द्रोण बाबू सिवाकोटीको प्रमुख आतिथ्यता र अध्यक्ष नारायण गिरिको अध्यक्षतामा कार्यक्रम गरिएको थियो । सो अवसरमा बोल्दै अध्यक्ष गिरिले सामाजिक कार्यमा समर्पित क्लबले आगामी दिनमा पनि सेवामुखी कार्यक्रमहरुलाई निरन्तरता दिने बताउनुभयो ।
कार्यक्रममा क्लबका प्रथम उपाध्यक्ष शीला परियार, सचिव सन्तोष तिवारी, कोषाध्यक्ष राजु अधिकारी, चार्टर मेम्बरहरु मुकुन्द भुसाल, सुमित्रा रोका, लालमाया अधिकारी, लक्ष्मी नेपाली लगाएतको उपस्थिती रहेको थियो ।





