चितवन,भदौ १९-
चितवन क्षेत्र नम्वर ३ मा संघिय सांसदको उम्मेदवारका लागि एमालेबाट जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेको नाम सर्वसम्मत सिफारिस भएको छ । आज (आइतबार) बसेको क्षत्रिय समन्वय कमिटीको बैठकले न्यौपानेको नाम सर्वसम्मत सिफारिस गरेको हो । न्यौपाने पछिल्लो पुस्ताका लोकप्रिय युवा नेता हुन् । उनि यसअघि एमाले र माओवादी एकिकरण भएर बनेको नेकपाको भरतपुर महानगर कमिटी अध्यक्ष समेत भएर काम गरिसकेका छन् ।
विद्यार्थीबाट राजीतिमा प्रवेश गरेका न्यौपाने चितवन क्षेत्र नम्वर २ (ख) बाट पनि प्रदेश सभाका लागि सिफारिस भएका छन् । २०७४ को निर्वाचनमा सो क्षेत्रमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमालेको साथ लिएर विजयी भएका थिए । यसपटक पनि प्रचण्ड सोही निर्वाचन क्षेत्रबाट उम्मेदवार बन्ने घोषणा गरिसकेका छन् ।





