गुल्मीमा डेंगु संक्रमित बढे

गुल्मी,२० भदौ : 

जिल्लामा डेंगुका बिरामी बढ्ने क्रममा छन्। जिल्लामा अहिले १२३ संक्रमित पाइएको स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख पशुपति आचार्यले जानकारी दिए। पछिल्लो समयमा गुल्मीमा पनि डेंगु गाउँगाउँमा फैलिएकाले सचेत रहन र परीक्षण गर्नका लागि स्थानीय तहका स्वास्थ्य शाखाहरुसंग समन्वय गरिएको उनले बताए।

रोग परीक्षणका लागि आवश्यक पर्ने कीट पालिकाका स्वास्थ्य शाखामा पठाएको स्वास्थ्य कार्यालय गुल्मीका जनस्वास्थ्य निरीक्षक बोमबहादुर अर्यालले जानकारी दिए।

जिल्लामा परीक्षणका लागि गुल्मी अस्पताल र आफूहरुसँग पर्याप्त मात्रामा किट रहेको अर्याललले दाबी गरे। गुल्मी अस्पतालका डाक्टर उत्तम पच्याले यो रोग लामखुट्टेको टोकाइबाट लाग्ने भएकाले लामखुट्टेको टोकाइबाट बच्नु नै उत्तम उपाय भएको बताए।

साँझमा सुत्दा झुल लगाएर सुत्ने ,शरीर छोपिने गरी कपडा लगाउने, घर वरपर पानी जम्ने, खाल्डाखुल्डी नराख्ने र उच्च ज्वरोसँगै स्वास्थ्यमा समस्या देखा परे नजिकको स्वास्थ्य संस्थामा गई स्वास्थ्य परीक्षण गराउन सुझाव दिए ।

संबन्धित शिर्षकहरु

आज पनि सुनको भाउ घट्यो

पर्सि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना : बढ्दो गर्मीबाट केही राहत पुग्ने

इबोला भाइरसविरुद्धको खोप विकास गरेको रुसको दाबी