काठमाडौं, २० भदौ :
भारतको लखनउस्थित एक होटेलमा भीषण आगलागी भएको छ । हजरतजंग इलाकामा रहेको लिवाना होटेलमा आगलागी हुँदा त्यहाँ फसेका १५ जना मानिसको उद्धार गरिएको हाे ।
जसमध्ये केही घाइते भएकाहरूलाई उपचारका लागि अस्पताल लगिएको छ । अन्यको भने उद्धारकार्य जारी रहेकाे भारतीय संचार माध्यमहरुले जनाएका छन् । ६ तले सोही होटलको ३ तला भने पुरै ध्वस्त भएको छ ।
उद्धारका लागि सयौं अग्नि नियन्त्रकहरू परिचालन गरिएको छ । विद्युत सर्ट भई आगालागी भएको अनुमान त्यहाँकाे प्रहरीले गरेको छ ।





