गभर्नर चिरञ्जीवी नेपालको कार्यकाल आज सकिँदै

काठमाडौं, ५ चैत :
राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालको कार्यकाल आज सकिँदैछ । गभर्नर नेपालको पाचवर्षे कार्यकाल सकिएपछि अर्को व्यवस्था नभएसम्मका लागि डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीलाई कार्यवहाक गभर्नरको जिम्मेवारी दिइएको छ ।

गभर्नरको कार्यकाल सकिन भन्दा १ महिना अगाडि नै सिफारिस समित बनाउनुपर्ने प्रावधान रहेपनि हाल सम्म गठन हुनसकेको छैन । प्रधानमन्त्री केपी शर्मा ओली बिरामी भएकाले सरकारले गभर्नर सिफारिस समिति गठन गर्न ढिलाई भएको हो ।

अर्थमन्त्रालयले अब बस्ने मन्त्रिपरिषद बैठकमा गभर्नर सिफारिस समितिको प्रस्ताव गर्ने तयारी गरेको छ । बहालवाला अर्थमन्त्री संयोजक रहने समितले प्रस्वाव गरेको ३ जना मध्ये एक जनाको नाम गभर्नरका लागि मन्त्रीपरिषदले सिफारिस गर्नेछ ।

गभर्नरका लागि हाल राष्ट्र बैंकका डेपुटि गभर्नर चिन्तामणि शिवाकोटी, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र योजना आयोगका पुर्व उपाध्यक्ष मिनबहादुर श्रेष्ठको नाम चर्चामा छ ।

संबन्धित शिर्षकहरु

क्यानडामा मानिसको भीडमा कार जोतिँदा धेरै जनाको ज्यान गयाे : प्रहरी

राष्ट्रिय महिला तथा पुरुष हक्की प्रतियोगिता आउँदो बुधवारदेखि

जम्मू–कश्मीरको भारत–पाकिस्तान नियन्त्रण रेखा वरपर गोलाबारी