बेलायतकी नवनियुक्त प्रधानमन्त्री ट्रसद्वारा मन्त्रिमण्डल गठन

काठमाडौं, २२ भदौ :

बेलायतकी नवनियुक्त प्रधानमन्त्री लिज ट्रसले मन्त्रिमण्डल गठन गर्नुभएको छ ।

मन्त्रिमण्डलमा मुख्य मन्त्रालयहरुको जिम्मेवारी भने पहिलो पटक उहाँले सबै गोराहरुलाई दिनुभएको हो । प्रधानमन्त्री ट्रसले क्वासी क्वार्टेङलाई अर्थमन्त्री बनाउनुभएको छ । उहाँले जेम्स क्लेभर्लीलाई विदेश मन्त्री बनाउनुभएको हो ।

त्यस्तै अर्को मुख्य मन्त्रालय गृहको जिम्मेवारी सुएला ब्रेभरम्यानलाई दिनुभएको छ । उहाँले आफ्नी निकटकी साथी रहेकी थेरेसा कोफीलाई उपप्रधान तथा स्वास्थ्यमन्त्री बनाउनुभएको छ । प्रधानमन्त्रीको दौडमा पराजित ऋषि सुनकलाई पनि मन्त्रिमण्डलमा जिम्मेवारी दिइने जनाइएको छ ।

उहाँले मन्त्रिमण्डलमा पूर्ववर्ती जोन्सन सरकारका मन्त्रीहरुलाई पनि समावेश गर्नुभएको छ । प्रधानमन्त्रीमा नियुक्त भए लगत्तै ट्रसले युक्रेनी राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीलाई फोन गरी सहयोग निरन्तर रहने बचन समेत दिनुभएको छ ।

 

 

संबन्धित शिर्षकहरु

नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’

कांग्रेस महामन्त्रीमा प्रदीप पौडेल, उदयशम्शेर राणा र डिला संग्रौला विजयी

रूस र युक्रेन ऊर्जा युद्धविराम गर्न सहमत भएको ट्रम्पको दाबी