प्रधानमन्त्री देउवाद्धारा बेलायतकी महारानी एलिजाबेथ द्वितीयाको निधनमा गहिरो दुःख व्यक्त

file photo

काठमाडौं, २४ भदौ :

प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायतकी महारानी एलिजाबेथ द्वितीयाको निधनमा गहिरो दुःख व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री देउवाले उहाँको निधनको खबरबाट आफूलाई निक्कै दुस्खित बनाएको बताउनुभएको छ । उहाँको निधनले नेपाल र नेपाली नागरिकले एक महान् प्रशंसक गुमाएको प्रधानमन्त्रीको शोक सन्देशमा भनिएको छ । साथै उहाँले बेलायतको राजपरिवारप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको छ ।

ट्वीटरमार्फत प्रधानमन्त्री देउवाले दिनुभएको शोक सन्देशमा महारानी एलिजाबेथमा अन्य संस्कृति र मानवताप्रतिको दया, सादगी र सम्मानजस्ता गुणहरू रहेका र जसका कारण नेपाली नागरिकले निक्कै मायापूर्वक सम्झन्छन् भन्नुभएको छ ।

महारानी एलिजाबेथको गएराति ९६ वर्षको उमेरमा निधन भएको थियो ।

 

संबन्धित शिर्षकहरु

कोशी, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा वर्षा

मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै

एन्फा अध्यक्ष नेम्वाङसहित पदाधिकारीलाई विदेश भ्रमणमा रोक