राष्ट्रियसभा बैठक स्थगित 

काठमाडौँ, ७ चैत :

राष्ट्रियसभाको आजका लागि तोकिएको बैठक अर्काे सूचना नभएसम्मका लागि स्थगन भएको छ । कोभिड– १९ को सम्भावित सङ्क्रमणको जोखिमप्रति सचेत गराउँदै नेपाल सरकारले २५ जनाभन्दा बढी कुनै पनि भेला, बैठक र गतिविधि नगर्न आग्रह गरेका सन्दर्भमा राष्ट्रियसभाको बैठक सूचना टाँसेर स्थगन भएको हो ।

बैठक आज दिउँसो १ बजेका लागि तय गरिएको थियो । यसअघि प्रतिनिधिसभाको बैठक पनि अर्काे सूचना नभएसम्मका लागि स्थगन गरिएको थियो । (रासस)

संबन्धित शिर्षकहरु

‘मेटा’ले ठूलो संख्यामा कर्मचारी कटौती गर्दै

अदालतको फैसलाले पार्टीलाई एकताबद्ध र साझा यात्राका लागि वातावरण सिर्जना गर्‍याे : सभापति थापा

आईसीसी महिला च्यालेन्ज ट्रफी : नेपालले आज अमेरिकासँग खेल्दै