राष्ट्रियसभा बैठक स्थगित 

काठमाडौँ, ७ चैत :

राष्ट्रियसभाको आजका लागि तोकिएको बैठक अर्काे सूचना नभएसम्मका लागि स्थगन भएको छ । कोभिड– १९ को सम्भावित सङ्क्रमणको जोखिमप्रति सचेत गराउँदै नेपाल सरकारले २५ जनाभन्दा बढी कुनै पनि भेला, बैठक र गतिविधि नगर्न आग्रह गरेका सन्दर्भमा राष्ट्रियसभाको बैठक सूचना टाँसेर स्थगन भएको हो ।

बैठक आज दिउँसो १ बजेका लागि तय गरिएको थियो । यसअघि प्रतिनिधिसभाको बैठक पनि अर्काे सूचना नभएसम्मका लागि स्थगन गरिएको थियो । (रासस)

संबन्धित शिर्षकहरु

गणतन्त्र दिवस ३ दिन मनाइने, प्रधानमन्त्रीकाे अध्यक्षतामा मूल समाराेह समिति गठन

जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्यको विषयमा छलफल गर्न सगरमाथा संवाद शुरू

‘हेल्लो काँशिराम’ र ‘के घर के डेरा घर नं. २’ आजदेखि प्रदर्शनमा