काठमाण्डाै, २६ भाद्र :
नेकपा एकीकृत समाजवादी पार्टीका रुपन्देही इन्चार्ज डाक्टर बालकृष्ण चापागाईं नेकपा एमालेमै फर्किएका छन् ।
आज विहान एमाले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष विष्णु पौडेलसहितका नेताले चापागाईंलाई एमालेमा स्वागत गरे। चापागाईं प्रेस चौतारीका पूर्वअध्यक्ष हुन्। राससका पूर्वअध्यक्ष समेत हुन् ।
उनी एमाले नेता घनश्याम भुसालनिकट मानिन्छन् ।



