सिरियाको समुद्री तटमा डुंगा दुर्घटना हुँदा ३४ जना शरणार्थीको मृत्यु, २० जीवितै उद्धार

काठमाडौं, ७ असोज :

लेबनानबाट शरणार्थीहरु लिएर गईरहेको डुंगा सिरियाको समुद्री तटमा दुर्घटना हुँदा दर्जनौंको मृत्यु भएकाे छ । साेही दुर्घटनामा ३४ जनाको शव फेला परेको सिरियाको स्वास्थ्य मन्त्रालयले जनाएकाे हाे ।

साथै जीवितै उद्धार गरिएका २० जनालाई भने उपचारका लागि अस्पताल भर्ना गरिएको छ । गत मंगलबार लेबनानको उत्तरी मिन्ये क्षेत्रबाट लेबनानी, सिरियाली तथा प्यालेस्टाइनी शरणार्थीहरु लिएर गएको डुंगा सिरियाली तटमा पुगेपछि पल्टिएको हो । डुंगामा कति जना सवार थिए भन्ने स्पष्ट नभए पनि १ सय ५० जना भन्दा बढी शरणार्थीहरु रहेको अनुमान गरिएको छ ।

लेबनानको आर्थिक अवस्था नाजुक बनेपछि लेबनानी तथा त्यहाँँ बस्दै आएका शरणार्थीहरु युरोपेली देशतर्फ भाग्ने क्रममा दुर्घटना भएको हो । आर्थिक संकटका कारण लेबनानमा दशौं हजारले रोजगारी गुमाएका छन् ।

साथै लेबनानी पाउण्डको मूल्य ९० प्रतिशतले गिरावट आएको छ । पछिल्ला केही महिना यता दशौं हजार लेबनानी तथा त्यहाँ रहँदै आएका अन्य देशका शरणार्थीहरु युरोप तथा अमेरिकातर्फ भाग्न अनेक उपाय लगाउने गरेका छन् । लेबनानमा १० लाख बढी सिरियाली शरणार्थी मात्रै रहेका छन् ।

संबन्धित शिर्षकहरु

काँग्रेस संसदीय दलको वैठकमा पार्टीको भूमिका र सरकारका पछिल्ला गतिविधिबारे छलफल

आजदेखि पाकेको धानबाली भित्र्याउन सकिने, अबको केही दिन वर्षाको सम्भावना न्यून

नेपाल शिक्षक सङ्गठन, भरतपुर महानगर समितिको अध्यक्षमा सुनिल सिटौला चयन