इङ्ग्ल्यान्ड र पाकिस्तान आज चौथो टी–२० खेल्दै

काठमाडौं, ९ असोज :

इङ्ग्ल्यान्ड र पाकिस्तान बीचको चौथो टी–२० क्रिकेट आज हुँदैछ । खेल कराचीमा बेलुका सवा ८ बजे सुरु हुनेछ । यी दुई देशले ७ खेलको टी–२० शृङ्खला खेलिरहेका छन् । यसअघि भएका तीन खेलमा इङ्ग्ल्यान्डले दुई र पाकिस्तानले एउटा खेल जितेको छ ।

शृङ्खलामा इङ्ग्ल्यान्ड २–१ ले अगाडि छ । आजको खेल जितेमा घरेलु टोली पाकिस्तानले शृङ्खलामा २–२ को बराबरी गर्नेछ । पहिलो खेलमा पाहुना टोली इङ्ग्ल्यान्ड ६ विकेटले विजयी भएको थियो । त्यस्तै दोस्रो टी–२० मा घरेलु टोली पाकिस्तानले १० विकेटको कीर्तिमानी जित निकालेको थियो भने तेस्रो टी–२० क्रिकेटमा पाकिस्तान ६३ रनले पराजित भएको थियो ।

दुई देशबीचको पाँचौँ खेल बुधवार, छैटौँ खेल शुक्रवार र सातौँ तथा अन्तिम टी–२० खेल आउँदो आइतवार हुनेछ । इङ्ग्ल्यान्डले १७ वर्षपछि पाकिस्तान भ्रमण गरेको हो । इङ्ग्ल्यान्डले पछिल्लो पटक सन् २००५ मा पाकिस्तानको भ्रमण गरेको थियो।

संबन्धित शिर्षकहरु

आउँदो १५ गतेदेखि नागढुंगा सुरुङमा चल्ने गाडीले शुल्क तिर्नुपर्ने

आजदेखि पर्सिसम्म वर्षा र हिमपात, भारतमा जस्तो हावाहुरी नचल्ने

सिरहामा हवाई फायर गरेर दुई भारतीय नागरिक पक्राउ