शेयर बजार झन्डै २४ अङ्कले घटेर राताम्मे

काठमाडौं, ९ असोज :

हप्ताको पहिलो दिन शेयर बजार घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज २३ दशमलव ८३ अङ्कले घटेर एक हजार आठ सय १५ दशमलव १३ विन्दुमा झरेको छ ।

सबै समूहको शेयर घटेकोमा जलविद्युत्, विकास बैंक उत्पादन र माइक्रोफाइनान्सको शेयर उच्च अङ्कले ओरालो लागेको छ । आज दुई सय २८ वटा कम्पनीको ४० लाख १४ हजार कित्ता शेयर एक अर्ब सात करोड २४ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै लक्ष्मी बैंकको २६ करोड रुपैयाँको शेयर किनबेच भयो ।

आज तेह्रथुम पावर कम्पनीको शेयर झन्डै आठ प्रतिशत तथा निफ्रा र सामुदायिक लघुवित्तको शेयर साढे ६ प्रतिशतले घटेको छ । समग्रमा बजार राताम्मे हुँदा पनि अभियान लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ ।

संबन्धित शिर्षकहरु

जर्मनी विश्वकप फुटबलको नकआउट चरणमा : नेदरल्यान्ड्सले स्वीडेनलाई हरायो

हिमालय दण्डपाणि न्यौपाने माध्यमिक विद्यालयको कक्षा १२ को परिक्षामा ९३.९३ % विद्यार्थी उतिर्ण

विद्यालयलाई सरकारको निर्देशन – ‘विद्यार्थीको व्यक्तिगत विवरण गोप्य राख्नू’