प्रधानमन्त्रीको रेसमा आफू नभएको प्रचण्डको तर्क

काठमाडौं, १० असोज :

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले आफू प्रधानमन्त्रीको दौडमा नरहेको दावी गर्नुभएको छ ।

चितवनमा सोमबार आयोजित दशैंको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफू केही वर्षदेखि नै प्रधानमन्त्रीको रेसमा नरहेको भन्दै पद भन्दा पनि आर्थिक विकास र समृद्धिलाई आफूले प्राथमिकता दिएको जिकीर समेत गर्नुभएको हो ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र संघको निर्वाचनसँगै प्रधानमन्त्रीको कुरा समेत आएको उहाँले बताउनुभयो । केही वर्षदेखि प्रधानमन्त्रीको रेसमा आफू नभएको उहाँको तर्क छ । २०७४ सालमा नै ५ वर्षका लागि प्रधानमन्त्रीको अफर आएको स्मरण गर्दै उहाँले राजनीतिक स्थिरता, आर्थिक विकास र समृद्धिका अघि प्रधानमन्त्री पद मुख्य नभएको दावी गर्नुभयो ।

आगामी निर्वाचनमा कसलाई जिताउने भन्ने कुरा जनताको हातमा रहेकाले चितवनका जनताले अन्यथा निर्णय गरे त्यो पनि मान्य हुने उहाँको भनाइ थियो ।

संबन्धित शिर्षकहरु

काँग्रेस संसदीय दलको वैठकमा पार्टीको भूमिका र सरकारका पछिल्ला गतिविधिबारे छलफल

आजदेखि पाकेको धानबाली भित्र्याउन सकिने, अबको केही दिन वर्षाको सम्भावना न्यून

नेपाल शिक्षक सङ्गठन, भरतपुर महानगर समितिको अध्यक्षमा सुनिल सिटौला चयन