देशभर थप ५४ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौं, ११ असोज :

देशभर पछिल्लो २४ घण्टामा थप ५४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ हजार ८ सय २९ जनाको नमूना परीक्षण गरिएको थियो ।

१ हजार ७ सय २९ जनाको पीसीआर र २ हजार १ सय जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ५४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मंगलबार ७६ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर १ हजार १ सय ४४ जना सक्रिय संक्रमित रहेका छन् । त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

 

संबन्धित शिर्षकहरु

आउँदो १५ गतेदेखि नागढुंगा सुरुङमा चल्ने गाडीले शुल्क तिर्नुपर्ने

आजदेखि पर्सिसम्म वर्षा र हिमपात, भारतमा जस्तो हावाहुरी नचल्ने

सिरहामा हवाई फायर गरेर दुई भारतीय नागरिक पक्राउ