चितवनको पल्पी जुस उद्योगमा भीषण आगलागी

चितवन, २८ असोज :

चितवनको रत्ननगर नगरपालिका १० कैलास टोलस्थित एक उद्योगमा आगलागी भएको छ।

पल्पी नामको फलफूलको जुस उत्पादन गर्ने बेभरेज प्रालिमा आज बिहान ४ बजेदेखि आगलागी भएको चितवन प्रहरीले जनाएको छ। विद्युत सर्ट भएर लागेको आगो अझै नियन्त्रणमा नआएको चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिनुभयो।

अहिले भरतरपुर र रत्ननगरबाट गएको दमकलको सहायतामा आगो निभाउने प्रयास भइरहेको उहाले बताउनुभयो। प्रहरी र स्थानीयले आगो निभाउने प्रयास गरेपनि नियन्त्रणमा आउन केही समय लाग्ने प्रहरीले जनाएको छ।

संबन्धित शिर्षकहरु

काँग्रेस संसदीय दलको वैठकमा पार्टीको भूमिका र सरकारका पछिल्ला गतिविधिबारे छलफल

आजदेखि पाकेको धानबाली भित्र्याउन सकिने, अबको केही दिन वर्षाको सम्भावना न्यून

नेपाल शिक्षक सङ्गठन, भरतपुर महानगर समितिको अध्यक्षमा सुनिल सिटौला चयन