देशभर थप ४१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, ६ कार्तिक : 

देशभर पछिल्लो २४ घण्टामा थप ४१  जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार २ सय ५० जनाको नमूना परीक्षण गरिएको थियो ।

४ सय ४५ जनाको पीसीआर र ८ सय ५ जनाको एन्टीजेन विधिबाट विधिबाट परीक्षण गर्दा ४१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

आइतबार ५९ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर ६ सय ९६ जना सक्रिय संक्रमित रहेका छन् । त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

संबन्धित शिर्षकहरु

आउँदो १५ गतेदेखि नागढुंगा सुरुङमा चल्ने गाडीले शुल्क तिर्नुपर्ने

आजदेखि पर्सिसम्म वर्षा र हिमपात, भारतमा जस्तो हावाहुरी नचल्ने

सिरहामा हवाई फायर गरेर दुई भारतीय नागरिक पक्राउ