टी-२० विश्व कप : बङ्लादेशलाई हराउँदै पाकिस्तान सेमिफाइनलमा

काठमाडौं, २० कार्तिक : 

टी-२० विश्व कप क्रिकेटमा बङ्लादेशलाई हराउँदै पाकिस्तान सेमिफाइनलमा पुगेको छ । एडिलेडमा भएको खेलमा पाकिस्तानले बङ्लादेशलाई पाँच विकेटले हराएको हो । बङ्लादेशले दिएको १ सय २८ रनको लक्ष्य पाकिस्तानले १८ ओभर एक बलमा ५ विकेट गुमाएर भेट्टायो । उसका लागि मोहम्मद रिजवानले ३२ र मोहम्मद हरिसले ३१ रन बनाए ।

यसअघि टस जितेर ब्याटिङ गरेको बङ्लादेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय २७ रन बनायो । उसका लागि नज्मुल हुसेन सान्तोले ५४ रन बनाए । बलिङतर्फ साहिन अफ्रिदीले चार विकेट लिए । यसअघि भारत सेमिफाइनलमा पुगिसकेको छ ।

 

संबन्धित शिर्षकहरु

आउँदो १५ गतेदेखि नागढुंगा सुरुङमा चल्ने गाडीले शुल्क तिर्नुपर्ने

आजदेखि पर्सिसम्म वर्षा र हिमपात, भारतमा जस्तो हावाहुरी नचल्ने

सिरहामा हवाई फायर गरेर दुई भारतीय नागरिक पक्राउ