केन्द्रीय सदस्य गुरुङलाई पत्नी शोक

चितवन, २० कार्तिक : 

नेपाली कांग्रेसका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङलाई पत्नी शोक परेको छ । गुरुङकी श्रीमती शिरमाया गुरुङको आज बिहान ५ः२० बजे फोक्सोको क्यान्सरका कारण निधन भएको हो । विसं २००५ भदौमा स्याङ्जाको भिरकोटमा उहाँको जन्म भएको हो ।

उहाँका तीन छोरा र दुई छोरी छन् । उहाँको सोमबार दिउँसो १२ः३० बजे गुरुङ संस्कारअनुसार देवघाटमा अन्त्येष्टि गरिँदैछ । उहाँका श्रीमान् टेकप्रसाद नेपाली कांग्रेस चितवनका पूर्वसभापति समेत हुनुहुन्छ । कांग्रेस चितवनले शिरमायाको निधनप्रति दुःख व्यक्त गरेको छ । जिल्ला सभापति राजेश्वर खनालले उहाँको निधनले नेपाली कांग्रेसलाई अतुलनीय क्षति भएको बताउनुभयो । स्व गुरुङले पार्टीमा पु¥याएको योगदानको कांग्रेसले सम्मान गर्ने उहाँले बताउनुभयो ।

संबन्धित शिर्षकहरु

काँग्रेस संसदीय दलको वैठकमा पार्टीको भूमिका र सरकारका पछिल्ला गतिविधिबारे छलफल

आजदेखि पाकेको धानबाली भित्र्याउन सकिने, अबको केही दिन वर्षाको सम्भावना न्यून

नेपाल शिक्षक सङ्गठन, भरतपुर महानगर समितिको अध्यक्षमा सुनिल सिटौला चयन