शहीद स्मारक ए डिभिजन लिग फुटबलमा एपीएफको शानदार जित

काठमाडौं, २७ माघ :

शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आजदेखि १२ औं चरणको खेल सुरु भएका छन् । १२ औं चरणको पहिलो खेलमा सशष्त्र प्रहरीको एपीएफ टिमले फ्रेन्ड्स क्लबमाथि सानदार जित निकालेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा फ्रेन्ड्सलाई ५–२ ले हराउँदै एपिएफले रेलीगेशनबाट जोगिने संभावना बलियो पारेको छ ।

एपीएफको जितमा आशिष लामा र प्रविन स्याङतेनले २–२ गोल गर्दा कप्तान टोप बहादुर बिष्टले एक गोल थपे । फ्रेन्ड्सका विश्व अधिकारी र फिलिपे डी सौजाले एक एक गोल गरे । जारी लिगमा एपीएफको यो दोस्रो जित हो । जितसँगै एपीएफले १२ खेलमा ८ अंक जोड्दै पुछारको सरस्वती युथ क्लबमाथि दबाब बनाएको छ ।

सरस्वतीले अब रलिगेशनबाट जोगिन बाँकी दुबै खेल जित्नुपर्नेछ भने एपिएफले आफ्नो अन्तिम खेल हार्नुपर्नेछ ।

संबन्धित शिर्षकहरु

जर्मनी विश्वकप फुटबलको नकआउट चरणमा : नेदरल्यान्ड्सले स्वीडेनलाई हरायो

हिमालय दण्डपाणि न्यौपाने माध्यमिक विद्यालयको कक्षा १२ को परिक्षामा ९३.९३ % विद्यार्थी उतिर्ण

विद्यालयलाई सरकारको निर्देशन – ‘विद्यार्थीको व्यक्तिगत विवरण गोप्य राख्नू’