प्रचण्ड पत्नी सिता दाहालको स्वास्थ्य अवस्था जटिल बन्दै

काठमाडौं, २१ कार्तिक :

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सिता दाहालको स्वास्थ्य अवस्था जटिल बनेको छ । पारिवारिक स्रोतका अनुसार ललितपुरको मेडिसिटी अस्पतालमा अहिले उहाँको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।सितालाई गत शनिबार अस्पतालमा भर्ना गरिएको थियो ।

उहाँ लामो समयदेखि जटिल रोग पार्किन्सनबाट पीडित हुनुहुन्छ । यसअघि १५ दिन अस्पताल बसाइपछि यहि कात्तिक १४ गते सितालाई डिस्चार्ज गरिएको थियो ।

संबन्धित शिर्षकहरु

आउँदो १५ गतेदेखि नागढुंगा सुरुङमा चल्ने गाडीले शुल्क तिर्नुपर्ने

आजदेखि पर्सिसम्म वर्षा र हिमपात, भारतमा जस्तो हावाहुरी नचल्ने

सिरहामा हवाई फायर गरेर दुई भारतीय नागरिक पक्राउ