क्लिनिक नेपाल मेघौलीद्वारा ईच्छाकामनालाई २५ सय ५० किलो चामल सहयोग

ईच्छाकामना, २७ चैत्रः

क्लिनिक नेपाल मेघौलीले आज चितवनको ईच्छाकामना गाउँपालिकालाई खाद्यान्न सामग्री प्रदान गरेको छ । विश्वब्यापी महामारीका रुपमा फैलिरहेको कोभिड १९ अर्थात नोवल कोरोना भाईरससंगै गरिएको लकडाउनबाट सिधा प्रभावित ज्याला मजदुरी गरेर जिवन निर्वाह गर्ने परिवारलाई लक्षित गरि गाउँपालिकाका अध्यक्ष गीता गुरुङलाई २ हजार ५ सय ५० किलो चामल निःशुल्क हस्तान्तरण गरिएको क्लिनिकका ब्यवस्थापक सुमन पौडेलले जानकारी दिनुभयो । भौगोलिक रुपमा चितवनको विकट मानिने सो गाउँपालिकाका क्षेत्रमा अत्यावश्यक खाद्यान्न सामग्रीको अपरिहार्यता महसुस गरि आँफुहरुले वितरण गरेको पौडेलको भनाई छ ।

उक्त अवसरमा बोल्दै ईच्छाकामना गाउँपालिकाका अध्यक्ष गीता गुरुङले संकटकाबेला सहयोग उपलब्ध गराएकोमा क्लिनिक नेपालप्रति हार्दिक कृतज्ञता ब्यक्त गर्नुभयो । एकद्धार प्रणली अन्तरगत क्लिनिकले उपलब्ध गराएको चामलमा नुन, तेल, दाल जस्ता केही खाद्यान्न थप गरी प्रति परिवार १० किलो चामलका दरले २ सय ५५ घरधुरीलाई उपलब्ध गराईने अध्यक्ष गुरुङले बताउँनुभयो । उहाँका अनुसार पालिकाभरबाट करिब २७ सय घरधुरीले खाद्यान्न माग गरेकोमा पहिलो चरण अन्तरगत प्राथमिकताका आधारमा १४ सय ७० घरधुरीलाई उपलब्ध गराईने छ ।

क्लिनिक नेपाल मेघौलीले यसअघि पनि भरतपुर महानगरपालिका अन्तरगत वडा नम्बर २७ र २८ मा गरि १ सय २० भन्दा बढी घरधुरीलाई खाद्यान्न सहयोग गरेको थियो ।

संबन्धित शिर्षकहरु

जर्मनी विश्वकप फुटबलको नकआउट चरणमा : नेदरल्यान्ड्सले स्वीडेनलाई हरायो

हिमालय दण्डपाणि न्यौपाने माध्यमिक विद्यालयको कक्षा १२ को परिक्षामा ९३.९३ % विद्यार्थी उतिर्ण

विद्यालयलाई सरकारको निर्देशन – ‘विद्यार्थीको व्यक्तिगत विवरण गोप्य राख्नू’