निर्वाचनमा स्वास्थ्य सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं, २२ कार्तिक : 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ को संक्रमण कायम रहेकाले निर्वाचन केन्द्रित गतिविधिमा भीड-भाड गर्दा सावधानी अपनाउन आग्रह गरेको छ ।

मन्त्रालयले कोरोना संक्रमण कायम रहेकाले संक्रमणबाट बच्न भीड-भाड कम गर्न र जनस्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरेको हो । मन्त्रालयका सहायक प्रवक्ता डा। समीरकुमार अधिकारीले निर्वाचन केन्द्रित कार्यक्रममा भीड-भाड गर्दा कोरोना संक्रमण दर बढ्न सक्ने बताउनुभयो ।

उहाँले देशमा कोरोना संक्रमण दर धेरै नभएपनि संक्रमणको अवस्था भने यथावत रहेको उल्लेख गर्नुभयो । उहाँले भीड-भाड बढी हुँदा अन्य प्रकारका संक्रामक रोगहरु पनि एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने भएकाले त्यसमा पनि सावधानी अपनाउनु जरुरी रहेको बताउनुभयो । डा. अधिकारीले कोरोनाविरुद्धको खोप नलगाएका व्यक्तिहरुलाई भीड(भाड हुने ठाउँमा नजान पनि आग्रह गर्नुभयो ।

डा. अधिकारीले विश्वव्यापी रुपमा कोभिड १९ को संक्रमण घटेको बताउनुभयो । देशमा पनि विगतको भन्दा सहज अवस्था रहेको उहाँको भनाइ छ । तर पनि संक्रमण कायम रहेको अवस्थामा जोखिमपूर्ण भेरियन्ट आउन सक्ने सम्भावनका कारण सावधानी अपनाउनुपर्ने उहाँले स्पष्ट पार्नुभयो । देशमा अहिले ६ सयको हाराहारीमा कोरोना संक्रमितहरु रहेको उहाँले बताउनुभयो ।

संबन्धित शिर्षकहरु

आउँदो १५ गतेदेखि नागढुंगा सुरुङमा चल्ने गाडीले शुल्क तिर्नुपर्ने

आजदेखि पर्सिसम्म वर्षा र हिमपात, भारतमा जस्तो हावाहुरी नचल्ने

सिरहामा हवाई फायर गरेर दुई भारतीय नागरिक पक्राउ