पश्चिमी वायु सक्रिय : सुदूरपश्चिम र कर्णाली प्रदेशका केही पहाडी क्षेत्रमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं, २४ कार्तिक :

आज सुदूरपश्चिम र कर्णाली प्रदेशको मौसम आंशिकदेखि सामान्य बदली हुने मौसमविद्ले बताएका छन् । पश्चिमी वायु सक्रिय भएकाले त्यस क्षेत्रको मौसम हिजोदेखि नै आंशिकदेखि सामान्य बदली भएको छ।

आज सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी क्षेत्रका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् हिरा भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार अन्य पहाडी क्षेत्रको मौसम भने आज आंशिक बदली हुने अनुमान छ ।

अहिले काठमाण्डौसहित देशका धेरै ठाउँमा हुस्सु कुहिरो लागेको छ । बिस्तारै हुस्सु कुहिरो हटेर घाम लाग्ने मौसमविद्ले बताएका छन् । तराईका जिल्लाको मौसम भने आज सामान्यतया सफा नै रहने अनुमान गरिएको छ ।

यस्तै, उच्च हिमाली क्षेत्रमा आज हिमपातको सम्भावना पनि रहेको मौसमविद्ले बताएका छन् ।

संबन्धित शिर्षकहरु

सुनको मूल्यमा सामान्य वृद्धि, चाँदीमा भने गिरावट

आउँदो १५ गतेदेखि नागढुंगा सुरुङमा चल्ने गाडीले शुल्क तिर्नुपर्ने

आजदेखि पर्सिसम्म वर्षा र हिमपात, भारतमा जस्तो हावाहुरी नचल्ने