देशभर थप १६ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौं, २४ कार्तिक : 

देशभर पछिल्लो २४ घण्टामा १६ जनामा  कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी एक हजार आठ सय ३७ जनाको नमुना परीक्षण गर्दा १६ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यही अवधिमा १३ जना कोरोना सङ्क्रमित निको भएका छन् । अहिले कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच सय ६३ जना रहेको मन्त्रालयले जनाएको छ । २४ घण्टामा कोरोना सङ्क्रमणका कारण कसैको पनि ज्यान गएको छैन ।

थप ३४ हजार दुई सय ७५ जनाले कोरोनाविरुद्धको खोप लगाएका विवरण प्राप्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

संबन्धित शिर्षकहरु

आउँदो १५ गतेदेखि नागढुंगा सुरुङमा चल्ने गाडीले शुल्क तिर्नुपर्ने

आजदेखि पर्सिसम्म वर्षा र हिमपात, भारतमा जस्तो हावाहुरी नचल्ने

सिरहामा हवाई फायर गरेर दुई भारतीय नागरिक पक्राउ