कोरोनाबाट विश्वभर एक लाख आठ हजार बढीको मृत्यु, अमेरिकामा अत्याधिक

३० चैत, काठमाडौं ।

कोरोना भाइरसको विश्वव्यापी महामरीका कारण अमेरिकामा मृत्यु हुनेको संख्या अत्याधिक रुपमा बढेको छ । जोन हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार कोरोनाका कारण अमेरिकामा २० हजार पाँच सय भन्दा बढीको मृत्यु भइसकेको छ । यसअघि इटालीमा मृतकको संख्या उच्च रहेपनि पछिल्लो एक दिनमै अमेरिकामा दुई हजार जनाको मृत्यु भएको बताइएको छ ।

अमेरिकारको सबैभन्दा बढी प्रभावित रहेको न्युयोर्क शहरका गभर्नर इन्ड्रयू कुमोले मृतकको संख्या स्थिर रहेको दावी गरेका छन् । विगतका दिनको अनुपातमा न्युयोर्कमा मृत्यु दर स्थिर रहेको उनको दावी छ ।

यता अमेरिकाले आफ्नो देशमा कोरोना भाइरसको संक्रमण र मृतकको संख्या बढ्दै गएपछि मास्क उत्पादन बढाउने भएको छ । अमेरिकी सरकारले रक्षा ऐनअन्र्तगत मास्क उत्पादनको प्रक्रिया सुरु भइसकेको जनाएको छ । एक दुई दिनमै माग अनुसार नै मास्क उत्पादन हुने बताइएको छ । गत वर्षको डिसेम्बरमा चीनको हुबेइ प्रान्तको वुहान सहरबाट सुरु भएको कोरोनाका कारण विश्वभर एक लाख आठ हजार भन्दा बढीको मृत्यु भइसकेको छ ।

कोरोनाबाट संक्रमित करिव १७ लाख ७८ हजार बिरामीमध्ये चार लाख दुई हजा जना भन्दा बढी उपचारपछि घर फर्किएको बताइएको छ । यसैबीच विश्व स्वास्थ्य संगठन डब्लूएचओले कोरोना भाइरसको महामारी घोषणा गएको एक महिना पूरा भएको छ ।

(एजेन्सी)

संबन्धित शिर्षकहरु

जर्मनी विश्वकप फुटबलको नकआउट चरणमा : नेदरल्यान्ड्सले स्वीडेनलाई हरायो

हिमालय दण्डपाणि न्यौपाने माध्यमिक विद्यालयको कक्षा १२ को परिक्षामा ९३.९३ % विद्यार्थी उतिर्ण

विद्यालयलाई सरकारको निर्देशन – ‘विद्यार्थीको व्यक्तिगत विवरण गोप्य राख्नू’