काठमाडौं, २ असोज : संघीय संसद् अन्तर्गत राष्ट्रिय सभाको बैठक शुक्रबार बस्दैछ। संसद सचिवालयले सिंहदरबारमा शुक्रबार दिउँसो सवाँ १ बजे बस्ने बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको व्यहोरा जानकारी गराउने कार्यसूची रहरेकाे जनाएकाे हाे। बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय र कृषि, वन तथा पर्यावरण मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची छ ।
बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले न्याय परिषद् र न्याय सेवा आयोगको आर्थिक वर्ष २०८०/८१ र आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेश गर्नुहुने भएकाे हाे। राष्ट्रियसभा सदस्य मदनकुमारी शाहले ‘सहायक प्रजनन प्रविधिको प्रयोग नियमन गर्न कानून निर्माण सम्बन्धी’ संकल्प प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ ।




