कैलालीमा ६० वर्षीया महिलामा कोरोना पोजेटिभ देखियो

१ बैशाख, कैलाली ।

कैलालीमा थप एक महिला कोरोना संक्रमित भेटिएकी छन् । जिल्लाको लम्कीचुहा नगरपालिका १ भरुवाकी ६० वर्षीया महिलामा कोरोना पोजेटिभ देखिएको हो । लम्कीचुहा बहुमुखी क्याम्पसको क्वारेन्टाईनमा राखिएकी ती महिलाको र्‍यापिड टेष्टमा नेगेटिभ देखिए पनि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा परीक्षण गर्दा पोजेटिभ देखिएको लम्कीचुहा अस्पतालका प्रमुख डा.प्रकाश तिमिल्सिनाले बताए ।

ती महिला परिवारसहित वीरगन्जबाट फर्किएको बुझिएको बताउँदै डा.तिमिल्सिनाले उनलाई एम्बुलेन्स मार्फत सेती प्रादेशिक अस्पताल पठाइएको बताए । कोरोना संक्रमित उनको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको बताइएको छ । उनी पहिलेदेखि नै दमको रोगी रहेकी थिइन् । ती महिलासंगै ५१ जनालाई लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएको थियो ।

यसअघि लम्की चुहानगरपालिका वडा नं. ९ स्थित सरस्वतीमाविमा रहेका २१ वर्षीय एक युवकमा समेत कोरोना पोजेटिभ देखिएको थियो । उनी भारतको मुम्बइबाट नेपाल आएका थिए । नेपालमा यसअघि १२ जनामा कोरोना संक्रमण पुष्टि भैसकेको छ ।

संबन्धित शिर्षकहरु

जर्मनी विश्वकप फुटबलको नकआउट चरणमा : नेदरल्यान्ड्सले स्वीडेनलाई हरायो

हिमालय दण्डपाणि न्यौपाने माध्यमिक विद्यालयको कक्षा १२ को परिक्षामा ९३.९३ % विद्यार्थी उतिर्ण

विद्यालयलाई सरकारको निर्देशन – ‘विद्यार्थीको व्यक्तिगत विवरण गोप्य राख्नू’