काठमाडौं, २७ माघ :
त्रिभुवन विमानस्थलमा सोमबार राति आगलागी भएको छ । विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलतर्फ रहेको एउटा कफी शपबाट आगो लाग्न सुरु भएको हो ।
आगलागीपछि विमानस्थलको धावनमार्गसम्म बाक्लो धुवाँको मुस्लो निस्किएको छ । आगलागीबाट भएको क्षतिबारेमा विमानस्थल प्रशासनले केही पनि जानकारी गराएको छैन ।
आगलागी भएको केही मिटरको दुरीमा कतार एयरवेजसहितका जहाजहरु उड्न तयार थिए ।





