क्लिनिक नेपालद्वारा भरतपुर अस्पताललाई १ लाख ८ हजार रुपैयाँको एन ९५ मास्क सहयोग

भरतपुर, ९ बैशाख ।
क्लिनिक नेपाल मेघौलीले भरतपुर सरकारी अस्पताललाई एन ९५ मास्क हस्तान्तरण गरेको छ । भरतपुर २७ मा अवस्थित क्लिनकले आज मंगलबार २ सय ७० थान एन ९५ मास्क निः शुल्क हस्तान्तरण गरेको हो । करिब १ लाख ८ हजार मुल्य बराबरको सो सहयोग अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट श्रीराम तिवारीलाई हस्तान्तरण गरिएको क्लिनिक नेपालका ब्यवस्थापक सुमन पौडेलले जानकारी दिनसभयो । चितवनमा पनि कोरोना भाईरसको संक्रमण देखिएपछि सुरक्षा संवेदनशिलता बढेकाले स्वास्थ्य कर्मीहरुका लागि मास्क वितरण गरिएको ब्यवस्थापक पौडेलको भनाई छ ।

सो अवसरमा भरतपुर अस्पतालका पुर्ब अध्यक्ष राज कुमार राजभण्डारी, सहयोगी बासुदेब सापकोटा लगाएतको सहभागिता रहेको थियो । स्थापना कालदेखि नै विभिन्न सामाजिक कार्यहरु गर्दै आईरहेको क्लिनिक नेपालले लक डाउन सुरु भएसंगै भरतपुर महानगरपालिकाको वडा नम्बर २७, २८ का साथै ईच्छाकामना गाउँपालिकामा गरि खाद्यान्न सहयोग गरेको थियो ।

संबन्धित शिर्षकहरु

जर्मनी विश्वकप फुटबलको नकआउट चरणमा : नेदरल्यान्ड्सले स्वीडेनलाई हरायो

हिमालय दण्डपाणि न्यौपाने माध्यमिक विद्यालयको कक्षा १२ को परिक्षामा ९३.९३ % विद्यार्थी उतिर्ण

विद्यालयलाई सरकारको निर्देशन – ‘विद्यार्थीको व्यक्तिगत विवरण गोप्य राख्नू’