अमेरिका चिसो: ४८ जनाकाे मृत्यु, हजारौं मानिस घरभित्रै थुनिए

काठमाडौं, १२ पुस : इतिहासमै सबै भन्दा कठिन मौसमी प्रकोपबाट गुज्रिरहेको अमेरिकामा चिसोबाट मृत्यु हुनेको संख्या ४८ पुगेको छ।

न्युयोर्क राज्यको बफेलो शहरमा मात्रै गत २४ घण्टामा २७ जनाकाे मृत्यु भएकाे हाे । सडकको हिउँ पन्छाउन सकिने अवस्था समेत नहुँदा बफेलो शहर युद्ध क्षेत्र जस्तो बनेको छ । हजारौं मानिसहरु घरभित्रै थुनिएका छन् । सडकमा रहेका गाडीहरु समेत हिउँमा पुरिएका छन् ।

अमेरिकाको राष्ट्रिय मौसम सेवाले मंगलबार पनि थप हिमपात हुने चेतावनी दिएको छ । घरमा थुनिएका मानिसहरुको उद्धार गर्ने अवस्था समेत नरहेकाले थप मानिसको मृत्यु हुने सक्ने अनुमान गरिएको छ । सोमबार पनि २ हजार बढी उडानहरू रद्द गर्नु परेको थियो ।

संबन्धित शिर्षकहरु

सुनको मूल्यमा सामान्य वृद्धि, चाँदीमा भने गिरावट

आउँदो १५ गतेदेखि नागढुंगा सुरुङमा चल्ने गाडीले शुल्क तिर्नुपर्ने

आजदेखि पर्सिसम्म वर्षा र हिमपात, भारतमा जस्तो हावाहुरी नचल्ने