चीनको हेनान प्राप्तमा ९० प्रतिशत मानिस काेरोना संक्रमित

काठमाडौं, २६ पुस : चीनको सबै भन्दा बढी जनसंख्या रहेको हेनान प्रान्तमा ९० प्रतिशत मानिसहरू कोराेना भाइरस (कोभिड-१९) संक्रमित भएका छन् । स्थानीय स्वास्थ्य अधिकारीहरुले पत्रकार सम्मेलनमा गरी सोही प्रान्तमा करिब ८ करोड ८५ लाख मानिस काेराेना संक्रमित भएको तथ्य सार्वजनिक गरेका हुन् ।

गत डिसेम्बरमा शून्य कोभिड नीति त्यागे यता चीनमा कोराेना संक्रमितको संख्यामा अप्रत्याशित वृद्धि भइरहेको छ । सरकारको कडा नीति अन्तर्गतका लकडाउन, क्वारेन्टिन र सामूहिक स्वास्थ्य परीक्षण विरुद्ध जनसमूहबाट अनपेक्षित विरोध प्रदर्शन सुरु भएपछि नरम नीति लिदा पुनः कोराेना संक्रमण दर बढेको हो । चीनले ३ वर्षपछि पहिलो पटक गत आइतबारदेखि विश्वका लागि आफ्ना सम्पूर्ण सीमाना खुला गरेको छ ।

जसका कारण अन्य देशहरुमा पनि काेराेना संक्रमण बढ्ने आशंका गरिएको छ । लाखौं चिनियाँ नागरिकहरु विदेश भ्रमणको तयारीमा रहेकाले चीनमा फैलिएको पछिल्लो भेरियन्ट अन्यत्र पुग्ने त्रास समेत बढेको छ ।

संबन्धित शिर्षकहरु

काँग्रेस संसदीय दलको वैठकमा पार्टीको भूमिका र सरकारका पछिल्ला गतिविधिबारे छलफल

आजदेखि पाकेको धानबाली भित्र्याउन सकिने, अबको केही दिन वर्षाको सम्भावना न्यून

नेपाल शिक्षक सङ्गठन, भरतपुर महानगर समितिको अध्यक्षमा सुनिल सिटौला चयन