देशभरकाे माैसम बदली : मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित पानी पर्ने सम्भावना

काठमाडौं, १८ वैशाख :

आज देशका विभिन्न ठाउँमा मेघगर्जन, चट्याङ्ग, हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

माैसमविद्ले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेका छन् । पूर्व नजिकै बनेको न्यून चापीय क्षेत्र, पश्चिमी र स्थानीय वायु तथा बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले दिउँसोपछि विभिन्न ठाउँमा मेघगर्जन, चट्याङ्ग, हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका हुन् ।

यसकै प्रभावले अहिले पूर्वको मौसम सामान्य बदली, मध्य क्षेत्रको मौसम आशिंक बदली तथा अरु ठाउँको मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभरि मौसम सामान्य बदली भइ केही ठाउँमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरीसहित पानी पर्ने महाशाखाले पूर्वानुमान गरेको हो ।

यस्तै आज राति देशभरको मौसम सामान्य बदली भइ केही ठाउँमा पानी पर्ने सम्भावना छ ।

संबन्धित शिर्षकहरु

जर्मनी विश्वकप फुटबलको नकआउट चरणमा : नेदरल्यान्ड्सले स्वीडेनलाई हरायो

हिमालय दण्डपाणि न्यौपाने माध्यमिक विद्यालयको कक्षा १२ को परिक्षामा ९३.९३ % विद्यार्थी उतिर्ण

विद्यालयलाई सरकारको निर्देशन – ‘विद्यार्थीको व्यक्तिगत विवरण गोप्य राख्नू’