संसदबाट विमान दुर्घटनामा ज्यान गुमाएकाप्रति शोक प्रस्ताव पारित

काठमाडौं, ५ माघ :

सङ्घीय संसद्को प्रतिनिधि सभाले पोखरामा भएको यति एअरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएकाप्रति शोक प्रस्ताव पारित गरेको छ ।

आज बिहीवारको बैठकको अन्तिममा सभामुखको भूमिकामा समेत रहनुभएका ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबराले राख्नुभएको शोक प्रस्ताव पारित भएको हो । बैठकमा मृतकहरूको सम्झनामा एक मिनेट मौनधारण पनि भएको छ ।

माघ १ गते काठमाण्डौबाट पोखराका लागि उडेको यति एअरलाइन्सको जहाज पोखराको सेती खोँचमा दुर्घटना हुँदा ७१ जनाको ज्यान गएको छ । बेपत्ता एक जनाको खोजी भइरहेको छ ।

 

 

 

 

संबन्धित शिर्षकहरु

काँग्रेस संसदीय दलको वैठकमा पार्टीको भूमिका र सरकारका पछिल्ला गतिविधिबारे छलफल

आजदेखि पाकेको धानबाली भित्र्याउन सकिने, अबको केही दिन वर्षाको सम्भावना न्यून

नेपाल शिक्षक सङ्गठन, भरतपुर महानगर समितिको अध्यक्षमा सुनिल सिटौला चयन