इङ्लिस प्रिमियर लिग फुटबलमा एस्टन भिल्ला र वेस्टह्याम विजयी

काठमाडौं, ८ माघ :

इङ्लिस प्रिमियर लिग फुटबलमा एस्टन भिल्ला र वेस्ट ह्याम विजयी भएका छन् । गएराति भएको खेलमा एस्टन भिल्लाले साउथह्याम्पटनलाई १–० तथा वेस्ट ह्यामले एभर्टनलाई २–० गोलले हरायो ।

गएराति भएका अरु ४ खेल बराबरीमा सकिएका छन् । लिभरपुल र चेल्सी, लेस्टर सिटी र ब्राइटन, क्रिस्टल प्यालेस र न्युक्यासल तथा बर्नमाउथ र नटिङ्गघम फरेस्टले बराबरी खेलेर अङ्क बाँडेका छन् । लिभरपुल र चेल्सी तथा क्रिस्टल प्यालेस र न्युक्यासलले गोलरहित बराबरी खेले ।

त्यस्तै लेस्टर सिटी र ब्राइटनले २–२ तथा बर्नमाउथ र नटिङ्गघम फरेस्टले १–१ गोलको बराबरी खेलेका हुन् ।

संबन्धित शिर्षकहरु

आउँदो १५ गतेदेखि नागढुंगा सुरुङमा चल्ने गाडीले शुल्क तिर्नुपर्ने

आजदेखि पर्सिसम्म वर्षा र हिमपात, भारतमा जस्तो हावाहुरी नचल्ने

सिरहामा हवाई फायर गरेर दुई भारतीय नागरिक पक्राउ