सभामुखसँग भारतीय राजदूतको भेट

काठमाडौं, ११ माघ : 

सभामुख देवराज घिमिरेसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गर्नुभएको छ । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा आज भएको भेटवार्तामा उहाँहरुबीच दुई देशबीचको सम्बन्ध, आपसी हित लगायतका विषयमा विचार विमर्श भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ । सो अवसरमा सभामुखलाई बधाई ज्ञापन गर्दै राजदूत श्रीवास्तवले उहाँको कार्यकालमा दुई देशबीचको सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गर्नुभयो । (रासस)

संबन्धित शिर्षकहरु

आउँदो १५ गतेदेखि नागढुंगा सुरुङमा चल्ने गाडीले शुल्क तिर्नुपर्ने

आजदेखि पर्सिसम्म वर्षा र हिमपात, भारतमा जस्तो हावाहुरी नचल्ने

सिरहामा हवाई फायर गरेर दुई भारतीय नागरिक पक्राउ