२१ लाख ७ हजार भारतीय नोटसहित तीन जना पक्राउ

कपिलवस्तु, २० माघ :

कपिलबस्तु प्रहरीले भारतिय नोटसहित तीन जनालाई पक्राउ गरेको छ । कपिलवस्तु नगरपालिकाको जमुवारपुलस्थित प्रहरीले चेकजाँचको क्रममा भारतीय कारमा रहेको प्रतिबन्धित २१ लाख ७ हजार भारतिय नोटसहित कपिलवस्तु जिल्लाको शुद्धोधन गाउँपालिका ६ का ३५ बर्षीय राजेश बर्मा,२६ बर्षीय राकेश बर्मा र मायादेवी गाउँपालिका १ ईमिलिया बस्ने २८ बर्षीय हमिद मुसलमानलाई पक्राउ गरेको हो ।

कारमा अवैध भारतीय मुद्रा ओसारपसार भईरहेको भन्ने गोप्य सुचनाका आधारमा बिहिवार राती प्रहरी उपरीक्षक प्रेम बहादुर बस्नेतको कमाण्डको प्रहरी टोलीले कपिलवस्तु नगरपालिका-२ भैरहवा तौलिहवा हुलाकी सडक खण्डमा तौलिहवातर्फ आउँदै गरेको भारतिय नम्बर प्लेटको हुन्डाई कारबाट उनिहरुलाई उक्त रकमसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक प्रेम बहादुर बस्नेतले बताउनु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा दाखिला गरिएको उल्लेखित अवैध भारतीय मुद्रालाई आवश्यक कार्वाहीको लागि राजश्व अनुसन्धान कार्यालय बुटवल रुपन्देहीमा पठाइने जिल्ला प्रहरी कार्यालयले जानकारी गराएको छ ।

संबन्धित शिर्षकहरु

सुनको मूल्यमा सामान्य वृद्धि, चाँदीमा भने गिरावट

आउँदो १५ गतेदेखि नागढुंगा सुरुङमा चल्ने गाडीले शुल्क तिर्नुपर्ने

आजदेखि पर्सिसम्म वर्षा र हिमपात, भारतमा जस्तो हावाहुरी नचल्ने