सन्दीप लामिछानेको मुद्दाको पेसी पुन : स्थगित

काठमाण्डौं, २३ माघ :

बलात्कार आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेको मुद्दाको पेसी पुनस् स्थगित भएको छ । काठमाडौँ जिल्ला अदालतमा लामिछानेको पेसी पुनः स्थगित भएको हो । जाहेरीकर्ताले नै सोमबारका लागि तय भएको पेशी स्थगित गरेका हुन्।

सन्दीपको मुद्दाको अन्तिम फैसला हुन बाँकी छ। सन्दीपले पुनरावेदन गरेपछि पाटन उच्च अदालते उनलाई विभिन्न सर्तसहित २० लाख धरौटीमा छाडेको थियो । सन्दीप धरौटीमा छुटेसँगै क्यानले पनि उनीमाथिको निलम्बन फुकुवा गर्दै राष्ट्रिय टिमको क्लोज क्याम्पमा राखेको छ।

संबन्धित शिर्षकहरु

काँग्रेस संसदीय दलको वैठकमा पार्टीको भूमिका र सरकारका पछिल्ला गतिविधिबारे छलफल

आजदेखि पाकेको धानबाली भित्र्याउन सकिने, अबको केही दिन वर्षाको सम्भावना न्यून

नेपाल शिक्षक सङ्गठन, भरतपुर महानगर समितिको अध्यक्षमा सुनिल सिटौला चयन