अष्ट्रेलियासँगको पहिलो टेष्ट क्रिकेटमा भारत विजयी

काठमाडौँ, २८ माघ : 

अष्ट्रेलियासँगको पहिलो टेष्ट क्रिकेट भारतले जितेको छ । नागपुरमा भएको खेलमा भारत एक पारी र एक सय ३२ रन ले विजयी भएको हो ।

पहिलो पारीमा दुई सय २३ रनले पछि परेको अष्ट्रेलिया आज दोस्रो पारीमा ९१ रनमै अलआउट भयो । दोस्रो पारीमा अष्ट्रेलियाका स्टेभिन स्मिथले सर्वाधिक २५ रन बनाउनुबाहेक अरुले गतिलो ब्याटिङ गरेनन् ।

भारतका रविचन्द्रन आश्विनले पाँच तथा मोहम्मद शामी र रवीन्द्र जडेजाले २र२ विकेट लिए । यसअघि अष्ट्रेलिया पहिलो पारीमा एक सय ७७ रनमा अलआउट भएको थियो भने भारतले चार सय रन बनाएको थियो ।

४ खेलको टेष्ट र तीन खेलको एकदिवसीय शृङ्खला खेल्न अष्ट्रेलिया भारत भ्रमणमा रहेको छ ।

संबन्धित शिर्षकहरु

आउँदो १५ गतेदेखि नागढुंगा सुरुङमा चल्ने गाडीले शुल्क तिर्नुपर्ने

आजदेखि पर्सिसम्म वर्षा र हिमपात, भारतमा जस्तो हावाहुरी नचल्ने

सिरहामा हवाई फायर गरेर दुई भारतीय नागरिक पक्राउ