मौसम सुधार हुने सम्भावना 

काठमाडौं, २६ वैशाख : 

झन्डै १ महिनादेखि जारी पानी पर्ने क्रम आज (शुक्रबार) र भोलि (शनिबार) मौसम सुधार हुने सम्भावना देखिएको मौसमविद्ले बताएका छन् ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालयका अनुसार अहिले बिहान काठमाडौं उपत्यका लगायत धेरै स्थानमा मौसम सामान्यतया सफा छ । तर अपराह्नपछि केही बदली हुने देखिएको छ,’ मौसमविद् अर्यालले भने, ‘उपत्यकाका एक(दुई ठाउँमा हल्का वर्षा हुन सक्छ, तर पनि सम्भावना निकै न्यून छ।’ ‘पर्सिबाट भने पुनः बदली भई देशभर वर्षाको सम्भावना देखिन्छ ।

आजलाई पूर्वी भूभागमा अपराह्नपछि बदली भई हावाहुरी, चट्याङसहित वर्षा हुने सम्भावना देखिएको मौसमविद् अर्यालले जानकारी दिए। पश्चिम र मध्य क्षेत्रका एक दुई स्थानमा बाहेक आजलाई मौसम बदली र वर्षाको सम्भावना नरहेको उनले बताए ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा