श्रीलङ्कामा स्थानीय निकायको चुनावको नयाँ मिति घोषणा 

Mirissa is a small town on the south coast of Sri Lanka, located in the Matara District of the Southern Province.

काठमाडौं, २४ फागुन : 

श्रीलङ्कामा स्थानीय निकायको चुनावको नयाँ मिति घोषणा भएको छ ।

यसअघि सन् २०२२ को सुरुमै हुनुपर्ने चुनाव आर्थिक सङ्कटका कारण पभएको छ । यसअघि मार्च ९ अर्थात् भोलि बिहीवारका लागि तोकिएको स्थानीय निकायको चुनाव सरकारले चुनाव खर्चका लागि रकम अपुग रहेको भन्दै स्थगित गरेको थियो ।टक पटक स्थगित हुँदै आएको छ । श्रीलङ्काको निर्वाचन आयोगले अप्रिल २५ मा चुनाव गराउन मिति तोकेको भए पनि सरकारले भने प्रतिक्रिया दिइसकेको छैन ।

श्रीलङ्कामा आर्थिक सङ्कटका कारण चुनावलगायतका थुप्रै गतिविधिहरू प्रभावित भएका छन् । प्रश्नपत्र छपाउन कागज किन्ने पैसा नभएपछि श्रीलङ्का सरकारले गएको वर्ष राष्ट्रिय परीक्षासमेत स्थगित गरेको थियो । इन्धन, खाद्यान्नलगायतको सङ्कट पनि अझै हटिसकेको छैन ।

संबन्धित शिर्षकहरु

सुनको मूल्यमा सामान्य वृद्धि, चाँदीमा भने गिरावट

आउँदो १५ गतेदेखि नागढुंगा सुरुङमा चल्ने गाडीले शुल्क तिर्नुपर्ने

आजदेखि पर्सिसम्म वर्षा र हिमपात, भारतमा जस्तो हावाहुरी नचल्ने