जसपाद्वारा उपराष्ट्रपति यादवको राजीनामा स्वीकृत

काठमाडौं, ६ चैत : 

नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले जनता समाजवादी पार्टी (जसपा) बाट दिनुभएको राजीनामा स्वीकृत भएको छ ।

जसपाका कार्यकारिणी सदस्य रहनुभएका यादवले यही चैत ३ गतेदेखि लागू हुनेगरी पार्टीको साधारण सदस्यसमेत नरहने गरी पदबाट राजीनामा दिनुभएको थियो ।

जसपाका अध्यक्ष उपेन्द्र यादवले आज उहाँको राजीनामा स्वीकृत गरेको सो पार्टीका प्रवक्ता मनिष सुमनले जानकारी दिनुभयो । चैत ३ गते उपराष्ट्रपतिमा निर्वाचित हुनुभएका यादवले आज उपराष्ट्रपतिको पद तथा गोपनीयताको शपथसमेत लिनुभएको छ । (रासस)

संबन्धित शिर्षकहरु

काँग्रेस संसदीय दलको वैठकमा पार्टीको भूमिका र सरकारका पछिल्ला गतिविधिबारे छलफल

आजदेखि पाकेको धानबाली भित्र्याउन सकिने, अबको केही दिन वर्षाको सम्भावना न्यून

नेपाल शिक्षक सङ्गठन, भरतपुर महानगर समितिको अध्यक्षमा सुनिल सिटौला चयन