कृषिउपजमा आत्मनिर्भर नहुँदा समस्या भोग्नुप¥यो : अध्यक्ष ओली

?????? ??????????????? ????????? ?????? ?????? ?????? ??????? ????????? ????????? ?????? ???? ?????? ????? (?????)?? ??????? ??? ?????????????????? ???? ????? ?????? ?????? ?????? ????? ??????? ? ??????? ??????? ?????????? / ????

दमक, २९ चैत  :

नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कृषिउपजमा आत्मनिर्भर हुन नसक्दा गुणस्तरहीन र विषाक्त खानेकुरा खान बाध्य हुनु परेको बताउनुभएको छ ।

गृह जिल्ला झापाको शिवसताक्षीस्थित झिलझिलेमा आज आयोजित एक कार्यक्रममा ओलीले कृषिको व्यवसायीकरण र आत्मनिर्भरताका लागि दक्षिण एशियाली मुलुकबीच सहकार्यको आवश्यकतासमेत जोड दिनुभयो । उहाँले कृषि क्षेत्रको आधुनिकीकरण र व्यावसायिकताका क्षेत्रमा एमालेको सरकारले गरेका कामको बारेमा पनि चर्चा गर्नुभयो । दक्षिण एशियाली किसान सम्मेलन उद्घाटन गर्न अध्यक्ष ओली आज भद्रपुर विमानस्थल हुँदै झापा आउनुभएको हो ।

ओलीले बिहीबार पार्टी निकटका किसानको सङ्गठन अखिल नेपाल किसान महासङ्घको राष्ट्रिय सम्मेलनको पनि उद्घाटन गर्ने कार्यक्रम छ । झापाको कमल गाउँपालिका–५ स्थित आदिवासी रङ्गशालामा हुने सातौँ राष्ट्रिय सम्मेलनले आगामी नेतृत्वसमेत चयन गर्ने जनाइएको छ ।(रासस)

संबन्धित शिर्षकहरु

काँग्रेस संसदीय दलको वैठकमा पार्टीको भूमिका र सरकारका पछिल्ला गतिविधिबारे छलफल

आजदेखि पाकेको धानबाली भित्र्याउन सकिने, अबको केही दिन वर्षाको सम्भावना न्यून

नेपाल शिक्षक सङ्गठन, भरतपुर महानगर समितिको अध्यक्षमा सुनिल सिटौला चयन