मेलम्ची खानेपानी वितरण जेठ ५ गतेदेखि बन्द हुने

/fli6«o;efsf cWoIf ltldlN;gfnufot sf7df8f}F, ! h]7 M l;Gw'kfNrf]ssf] x]nDa' ufpFkflnsf–! l:yt cDafyfgdf d]nDrL vfg]kfgL cfof]hgfsf] d'xfg:yn cg'udg tyf cjnf]sg ug{'x'Fb} /fli6«o;efsf cWoIf u0f]zk|;fb ltldlN;gf . tl:a/ M xl//fd e]6'jfn÷ /f;;

सिन्धुपाल्चोक, १ जेठ :

मेलम्ची खानेपानी वितरण यही जेठ ५ गतेदेखि मात्र बन्द हुने भएको छ । मर्मतका लागि सोमबारदेखि दुई हप्ता बन्द गर्ने भनिएकामा सरोकारवालाहरूको सुझावअनुसार पाँच दिनपछि मात्र मर्मतको काम सुरु गरिने मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक कमलराज श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार दुई हप्ता जति मर्मत कार्य भएपछि पुनः पानी पठाइने छ ।

हेलम्बु–१ स्थित आयोजनाको मुहान तथा हेडवर्क्समा केही उपकरण जडान तथा मर्मतसम्भार गर्नुपर्ने भएकाले दुई हप्ताका लागि पानी वितरण बन्द हुने मेलम्ची खानेपानी आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले जानकारी दिनुभयो ।

सामान्य बाढी आएको बेला आयोजना सञ्चालनमा नै राख्ने गरी अहिले उपकरण जडान तथा मर्मतसम्भार गर्न लागिएको उहाँले बताउनुभयो । (रासस)

संबन्धित शिर्षकहरु

प्रतिनिधि सभाको बैठक आज बस्दै: (सम्भावित-कार्यसूचीसहित)

सुनचाँदीको भाउ आज पनि घट्यो

आज काठमाण्डौ उपत्यकासहित १८ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम