रुसको कब्जाबाट तीन वटा गाउँ फिर्ता लिएको युक्रेनको दाबी

काठमाडौं, २९ जेठ :   युक्रेनले रुसले कब्जामा लिएको आफ्नो तीनवटा गाउँ फिर्ता लिएको दाबी गरेको छ ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलन्स्कीले देशको दक्षिण पुर्वमा रहेको ब्लाहोदात्ने, मकारिभका र नेस्कुन्चे लगाएतका गाउँ रुसी कब्जाबाट मुक्त गराएको बताउनुभएको हो ।

रुसले भने युक्रेनको यो दाबी अस्विकार गरेको छ । आफ्नो नियन्त्रणको रहेको एक इन्च जमिन पनि युक्रनेले फिर्ता नलिएको रुसको भनाई छ ।

युक्रेनले भने कब्जामुक्त गराएको गाउँमा आफ्नो सेनाले राष्ट्रिय झण्डासहित उत्सब मनाइरहेको भन्दै केही तस्बीर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको छ ।

युुक्रेनी राष्ट्रपति जेलेन्स्कीले रुसमाथिको प्रतिआक्रमणको क्रममा युक्रेनी सेना देशको दक्षिणी भागबाट अघि बढिरहेको जानकारी गराउनुभयो ।

युक्रेनको निप्रो नदिमा बनाइएको एउटा ठूलो बाँध भत्केपछी यी दुई राष्ट्रबीचको आक्रमण तीब्र भएको छ । -एजेन्सी

संबन्धित शिर्षकहरु

कपडा कारखानामा आगलागी हुँदा ८ जनाको मृत्यु

डाटा सेन्टरमा प्राविधिक समस्या, शेयर बजार बन्द

राष्ट्रिय सभाको बैठक आज बस्दै